दफा १४
दुर्घटना वा प्राकृतिक विपद्मा परेका वस्तुमा महसुल छुट दिने
(१) ऐनको दफा १९ को उपदफा (३) बमोजिम नेपालभित्र प्रयोग गर्ने गरी पैठारी भएको तर जाँचपास भइनसकेको कुनै वस्तु दुर्घटना वा प्राकृतिक विपद्मा परी वा आफ्नै प्रकृतिको कारणले नष्ट भएमा, परिमाण वा तौलमा कमी भएमा वा व्यापारिक रूपमा मूल्यहीन भएमा त्यस्तो वस्तुमा लाग्ने महसुल छुट गराउन वा महसुल भुक्तानी भइसकेको भए त्यस्तो महसुल फिर्ता लिन चाहेमा पैठारीकर्ताले: त्यस्तो वस्तु घोषणा गरेको मितिले सात दिनभित्र देहायका कागजात सहित अनुसूची-२ बमोजिमको ढाँचामा सम्बन्धित भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछः-

(क) वस्तु घोषणा गरेको प्रज्ञापनपत्र,

(ख) बिल बीजक,

(ग) बिल अफ लेडिङ्ग वा एयर वे बिल, रेल वे रिसिप्ट वा बिल अफ ट्रान्सपोर्ट,

(घ) भन्सार पारवहन घोषणा (कस्टम्स्‌ ट्राञ्जिट डिक्लेरेशन) वा ट्रान्ससिपमेन्ट सम्बन्धी कागजात,

(ङ) बीमा सर्वेक्षण प्रतिवेदन,

(च) निकासी गर्ने देशको सम्बन्धित भन्सार कार्यालयले त्यस्तो वस्तुको सम्बन्धमा कुनै व्यहोरा प्रमाणित गरिदिएको भएमा त्यस्तो कागजात,

(छ) वस्तुको अवस्था देखिने भन्सार कार्यालय परिसर वा भन्सार वेयरहाउसमा खिचिएको फोटो।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा भन्सार अधिकृतले अन्य कुनै सरकारी निकायका कम्तीमा दुई जना प्रतिनिधिको रोहबरमा वस्तुको भौतिक निरीक्षण गरी त्यस्तो वस्तु नष्ट भए वा नभएको, परिमाण वा तौलमा कमी भए बा: नभएको वा व्यापारिक रूपमा मूल्यहीन भए वा नभएको: र रद्दी वा पत्रुको रूपमा वा अन्य कुनै वैकल्पिक उपयोगमा प्रयोग हुन सक्ने वा नसक्ने विषयमा व्यहोरा खुलाई मुचुल्का खडा गर्नु पर्नेछ।

(३) उपनियम (२) बमौजिम वस्तुको भौतिक निरीक्षण गर्दा त्यस्तो वस्तु तौलमा कमी भए वा नभएको वा व्यापारिक रूपमा मूल्यहीन भए वा नभएको वा रद्दी वा पत्रुको रूपमा वा अन्य कुनै वैकल्पिक उपयोगमा प्रयोग हुन सक्ने वा नसक्ने विषयमा यकिन (गर्न भन्सार अधिकृतले आवश्यक देखेमा कुनै प्राविधिक .वा: विशेषज्ञको राय वा परामर्श लिन सक्नेछ।

(४) उपनियम (२) बमोजिम भौतिक निरीक्षण गर्दा वा उपनियम (३). बमोजिम कुनै प्राविधिक वा विशेषज्ञको राय वा परामर्श लिएकोमा सो राय समेतबाट त्यस्तो वस्तु दुर्घटना वा प्राकृतिक विपद्मा परी वा आफ्नै प्रकृतिको कारणले नष्ट भएको, परिमाण वा तौलमा कमी भएको वा व्यापारिक रूपमा मूल्यहीन भएको देखिएमा भन्सार अधिकृतले सो व्यहोराको लिखित निर्णय गरी महानिर्देशकको स्वीकृति लिई त्यस्तो क्षति वा घटी भएको वा व्यापारिक रूपमा मूल्यहीन भएको वस्तुको महसुल छुट दिनु पर्नेछ वा त्यस्तो महसुल असुल भइसकेको भए फिर्ता दिनु पर्नेछ।

(५) यस नियम बमोजिम वस्तु जाँचपास भएको वा महसुल फिर्ता दिएकोमा भन्सार अधिकृतले सोको: विवरण छिटो साधनद्वारा विभागमा पठाउनु पर्नेछ।